गृहपृष्ठ मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय भलिबल सुरु
मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय भलिबल सुरु
दाङ । प्रदेश खेलकुद परिषद् लुम्बिनी प्रदेशको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले खेलले मानिसलाई अनुशासित बनाउने बताए । खेलाडीको योगदानले देशको शिर उँचो बनाउनुका साथै खेलकुदले व्यक्तिलाई आत्मअनुशासित बनाउने उनले उल्लेख गरे ।
प्रतियोगितामा लुम्बिनी प्रदेशका १२ जिल्लाका महिला तथा पुरुष खेलाडी सहभागी छन् । प्रतियोगिताको विजेताले एक लाख, द्वितीय हुनेले ६५ हजार, तृतीयले ३५ हजार र सान्त्वना हुने टोलीले १५ हजारसहित प्रमाणपत्र पाउनेछन् । उत्कृष्ट खेलाडीलाई १० हजार तथा उत्कृष्ट पाँच विधाका खेलाडीलाई जनही पाँच हजार नगदसहित पुरस्कृत गरिनेछ ।
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख नित्यानन्द शर्मा, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमाकुमारी डिसी, प्रदेश खेलकुद परिषद्का सदस्य सचिव तिरणदास गौतम, प्रदेश खेलकुद परिषद्का कोषाध्यक्ष मुक्तिप्रसाद न्यौपानेलगायत सहभागी थिए ।
प्रकाशित समय : १९:०३ बजे




















