गृहपृष्ठ महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
महिला लघुवित्तको संस्थापक सेयर बिक्रीमा
काठमाडौं- महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीका दुई संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको सेयर बिक्रीका लागि सार्वजनिक गरेका हुन्।
कम्पनीका अनुसार संस्थापक सेयरधनी निरु कुथुमी राईको नाममा रहेको ७४ हजार २४६ कित्ता तथा इन्दिरा गिरीको नाममा रहेको १० हजार २९१ कित्ता गरी कुल ८४ हजार ५३७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो।
उक्त सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीलाई प्राथमिकता दिइएको कम्पनीले जनाएको छ। इच्छुक संस्थापक सेयरधनीले आवश्यक कागजातसहित आगामी ३५ दिनभित्र निवेदन दिन सक्नेछन्। आवेदन दिँदा खरिद गर्न चाहेको सेयर संख्या स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेछ।
सेयर खरिदका लागि निवेदन नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड, कमलादी, काठमाडौंस्थित सेयर रजिस्ट्रार कार्यालय वा कम्पनीको केन्द्रीय कार्यालय, बनेपा–१३, साँगा, काभ्रेपलाञ्चोकमा पेश गर्न सकिनेछ।
कम्पनीले बिक्रीमा राखिएको संस्थापक सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ७१५ रुपैयाँ तोकेको छ। आवेदकले सो मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी आवेदन दिनुपर्नेछ।
प्रकाशित समय : १९:१३ बजे



















