गृहपृष्ठ दुई दिन सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
दुई दिन सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित
काठमाडौं : सरकारले सोमबारदेखि लागू गर्न लागेको दुई सार्वजनिक बिदा दिने निर्णय राजपत्रमा प्रकाशित भएको छ।
मन्त्रिपरिषदको आज बसेको बैठकले सरकारी कार्यालय, सार्वजनिक निकाय र शैक्षिक संस्थामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने र कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म दिने निर्णय गरेको थियो।
कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने बिहान ९ बजेदेखि ४ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको छ।
निर्णय भएको दिनमा नै सूचना राजपत्रमा प्रकाशित भएको हो।
प्रकाशित समय : २०:०० बजे




















