global ime bank Long Banner Ad

गृहपृष्ठ विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्डसँग सहकार्य गर्ने प्रस्ताव

काठमाडौं । सरकारले विद्यालय शिक्षा सुधारका लागि फिनल्यान्ड सरकारसँग सहकार्य गर्न विषयमा प्रस्ताव गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि फिनल्यान्डका राजदूत पेट्री पुहाक्काले आज मन्त्रालयमा गरेको शिष्टाचार भेटवार्ताका क्रममा फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव गरिएको हो ।

मन्त्री पोखरेलले फिनल्यान्डको शिक्षा विश्वको उच्च गुणस्तरको मानिने भएकाले फिनल्यान्डसँग शिक्षा क्षेत्रमा सहकार्य गर्ने प्रस्ताव राखिएको बताए । उक्त भेटमा शिक्षामन्त्री पोखरेलले नेपाल र फिनल्यान्डबीच सदैव सुखद र असल सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको विकासमा फिनल्यान्ड सरकारले गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गरे ।

सरकारका प्रवक्तासमेतर रहेका मन्त्री पोखरेलले सरकारको प्राथमिकता र आगामी कार्यक्रमबारे जानकारी गराउँदै फिनल्यान्ड सरकारको तर्फबाट शिक्षा क्षेत्रमा हुँदै आएको सहयोगको सराहना गरे । आगामी दिनमा पनि नेपालको शिक्षासहित समग्र क्षेत्रको विकासका लागि फिनल्यान्डको निरन्तर सहयोगको अपेक्षा गरे ।

शिक्षामन्त्री र राजदूतबीच द्विपक्षीय सम्बन्ध, विकास सहायता परिचालन, शिक्षा क्षेत्रमा फराकिलो साझेदारीता अभिवृद्धिलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ । उक्त भेटमा महामहिम राजदूत पुहाक्काले नेपालको शिक्षा क्षेत्रमा फिनल्यान्ड सरकारले गरेको सहयोग आगामी पाँच वर्षसम्म निरन्तर रहने प्रतिबद्धता जनाए ।

फिनल्यान्डको सहयोगमा हाल विद्यालय शिक्षा क्षेत्र कार्यक्रम र ‘टिचर्स एजुकेशन’ परियोजना सञ्चालित छन् । नेपाल सरकारले अटिजम विद्यालय स्थापना गर्ने नीति लिएको सन्दर्भमा महामहिम राजदूत पुहाक्काले अटिजम र ‘इन्क्लुसिभ एजुकेशन’मा फिनल्यान्डको विज्ञता रहेकाले आफूहरू पनि यी शैक्षिक कार्यक्रममा सहयोग तथा सहकार्य गर्न इच्छुक रहेको बताए ।

राजदूत पुहाक्काले वर्तमान सरकारको प्राथमिकतामा रहेको ‘डिजिटल ट्रान्सफरमेसन’ को एजेण्डामा फिनल्यान्ड सरकारको विज्ञताको हिसाबले सो क्षेत्रमा पनि साझेदारी गर्ने इच्छा व्यक्त गरे ।

प्रकाशित समय : १८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु