गृहपृष्ठ सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ
सुदूरपश्चिम प्रदेशसभाः बजेट अधिवेशन आरम्भ
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशसभाको आठौँ अधिवेशन (बजेट अधिवेशन) प्रारम्भ भएको छ ।
आठौँ अधिवेशनको पहिलो बैठकले ‘सुदूरपश्चिम प्रदेश जनस्वास्थ्य सेवा ऐन २०७६लाई संशोधन गर्न बनेको विधेयक’लाई दफावार छलफलका लागि सामाजिक विकास समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । सामाजिक विकासमन्त्री मेघराज खड्काले उक्त प्रस्ताव पेस गरेको थियो ।
यसअघि सभामुख भीमबहादुुर भण्डारीले प्रदेश प्रमुखको कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी प्राप्त पत्रको व्यहोरा वाचन गदै आठौँ अधिवेशन उपलब्धिमूलक हुने विश्वास व्यक्त गरे ।
बैठकमा सत्तापक्ष नेपाली कांग्रेसका डम्मरी महरा, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेन्द्रसिंह रावल र प्रमुख प्रतिपक्ष नेपाली कम्युुनिष्ट पार्टी (नेकपा)का प्रकाश रावलले समसामयिक विषयमा आफ्ना धारणा राखेको थियो ।
प्रकाशित समय : १९:१७ बजे




















