गृहपृष्ठ चैत २४ मा बस्दै बागमती प्रदेश सभा बैठक
चैत २४ मा बस्दै बागमती प्रदेश सभा बैठक
बागमती प्रदेश सभा बैठक चैत २४ गते बस्ने भएको छ।
आइतबार (आज) बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले आउँदो मंगलबार प्रदेश सभा बैठक बस्नेगरी अधिवेशन आव्हान गर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता प्रभात तामाङले मंगलबार दिउँसो ४ बजे प्रदेश सभा बैठक बस्ने जानकारी दिएका हुन्।
प्रकाशित समय : १९:५४ बजे




















