global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ ग्यास उद्योगमा आगलागी हुँदा पाँच जनाको मृत्यु

ग्यास उद्योगमा आगलागी हुँदा पाँच जनाको मृत्यु

ग्यास उद्योगमा आगलागी हुँदा पाँच जनाको मृत्यु

बङ्गलादेशको राजधानी ढाकानजिकै ग्यास लाइटर बनाउने उद्योगमा शनिबार आगलागी हुँदा कम्तीमा पाँच व्यक्तिको मृत्यु भएको छ ।

अग्नी नियन्त्रण सेवा र नागरिक रक्षाका अनुसार ढाका नजिकै केरानीगञ्जको कदमतली क्षेत्रमा आगलागी भएको हो ।

दिउँसोदेखि सुरु भएको आगो निभाउन सात वटा अग्निनियन्त्रक टोली परिचालन गरिएको दमकल विभागले जनाएको छ । यसलाई नियन्त्रणमा ल्याउन घण्टौँ लागेको थियो ।

अग्निनियन्त्रकहरूले साँझसम्म पाँच शवहरू फेला पारेको बताएका छन् । समाचार तयार पार्दासम्म मृतकको पहिचान हुन सकेको छैन । आगलागीको कारणबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशित समय : १९:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु