global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ कङ्केश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना

कङ्केश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना

कङ्केश्वरीमा बुद्धको प्रस्तर मूर्ति स्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१९ कङ्केश्वरीमा १५ फिट लामो सिंहशय्यासन प्रस्तर बुद्धमूर्ति स्थापना गरिएको छ । २५७०औँ बुद्ध जयन्तीका अवसरमा कामपा–१९ का वडाध्यक्ष राजेशकुमार श्रेष्ठले आज मूर्ति सार्वजनिक गरेको हो ।

मूर्तिलाई करिब चार फिट अग्लो आसनमा राखिएको छ भने यसको निर्माण लागत करिब २८ लाख रहेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । “यस क्षेत्रलाई बुद्ध पार्क नामकरण गरिएको छ । पार्कलाई बालबालिका, युवा र ज्येष्ठ नागरिकमैत्री बनाउँदै लैजाने योजना छ । पछि यसको व्यवस्थापन गर्ने दायित्व स्थानीयलाई दिन्छौँ । वडाले अभिभावक भएर पार्कको संरक्षण गर्नेछ”, उनले भने, “निर्माण गर्नुभन्दा संरक्षण र व्यवस्थापन गर्न कठिन छ । त्यसैले पार्क उपयोगमा सबैले अपनत्व र दायित्व लिन आवश्यक छ ।”

मूर्ति सार्वजनिक गर्नुअघि स्थानीयले वडाभित्रका विभिन्न स्थानमा अस्थिधातु यात्रा गरेका छन् । त्यसपछि नमूना विहारमा आएर बुद्धको पूजाआराधना गरिएको थियो ।

प्रकाशित समय : १९:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु