global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ नेपाल पर्वतारोहण संघद्वारा एभरेस्ट अभियानमा दुष्प्रचारप्रति कडा टिप्पणी

नेपाल पर्वतारोहण संघद्वारा एभरेस्ट अभियानमा दुष्प्रचारप्रति कडा टिप्पणी

नेपाल पर्वतारोहण संघद्वारा एभरेस्ट अभियानमा दुष्प्रचारप्रति कडा टिप्पणी

नेपाल पर्वतारोहण संघले हालै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियामा आएको इभरेष्ट अभियानमा खाना विषाक्त गर्ने र डायामक्सको दुरुपयोग भएको भन्ने रिपोर्टप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ ।

संघका अध्यक्ष फुर गेल्जे शेर्पाले यस्तो कार्य अकल्पनीय भएको भन्दै सरकारलाई यस्ता अनैतिक वा अमानवीय कार्यविरुद्ध कडा कदम चाल्न आग्रह गरेका छन् ।

संघले नेपालका हिमाल, पर्वतारोहणको इतिहास र विश्वप्रसिद्ध नेपाली आरोहकहरूको उपलब्धिलाई राष्ट्रिय सम्पत्ति भएको भन्दै, नक्कली वा प्रमाणहीन समाचारले पर्यटन उद्योग र सम्बन्धित व्यक्तिहरूको हितमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिएको छ । पर्वतारोहणको लागि आउने आरोहीहरूलाई सामान्य रूपमा स्वागत गरिने बताइएको छ र कुनै सेवा प्रदायकबाट अनैतिक व्यवहार देखिए तुरुन्त रिपोर्ट गर्न प्रोत्साहन गरिएको छ ।

त्यसैगरी, संघले बीमा र हेलिकोप्टर उद्धार सेवा जस्ता आपत्कालीन व्यवस्थापना सम्बन्धी स्पष्ट, पारदर्शी र कडाइका साथ निगरानी गर्न सरकारसँग आग्रह गरेको छ ।

प्रकाशित समय : १९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु