गृहपृष्ठ सरकारले राम्रो काम गरे सहयोग गर्छौं – प्रचण्ड
सरकारले राम्रो काम गरे सहयोग गर्छौं – प्रचण्ड
नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले पार्टीले थोरै सीट जिते पनि आफ्नो मुद्दाले जित हासिल गरेको बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले देशका उत्पीडित वर्ग, जाति, क्षेत्र र समुदायको पहिचान तथा अधिकार स्थापित हुनु आफ्नो राजनीतिक आन्दोलनको उपलब्धि भएको बताए।
वर्तमान संसदमा पूर्वप्रधानमन्त्रीहरूमध्ये आफू मात्रै प्रतिनिधि सभामा वैधानिक रूपमा रहेको दाबी पनि गरे।
उनले भने, ‘पार्टीले थोरै सीट ल्याए पनि जनयुद्ध, जनआन्दोलन, शान्ति सम्झौता, संविधानसभा र गणतन्त्र निर्माणसम्म आइपुग्दा उत्पीडित समुदायको पहिचान र अधिकार स्थापित भएको छ। जहाँबाट जो–जो निर्वाचित भए पनि मलाई गर्व लाग्छ। यो हाम्रै बलिदान, त्याग र तपस्याको परिणाम हो। यो आफैंमा चुनौती पनि हो र अवसर पनि हो। सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना छ। जहाँ राम्रो हुन्छ, त्यहाँ हाम्रो सहयोग रहन्छ र कमजोरी देखिएमा रचनात्मक आलोचना गर्छौं।’
प्रकाशित समय : १०:५१ बजे



















