global ime bank Long Banner Ad

गृहपृष्ठ हिंसापीडितका लागि बरदान बन्दै ‘ओसिएमसी’

हिंसापीडितका लागि बरदान बन्दै ‘ओसिएमसी’

हिंसापीडितका लागि बरदान बन्दै ‘ओसिएमसी’

देउखुरी। दाङकी एक ३६ वर्षकी महिलालाई आफ्नै श्रीमान्ले अनेकौँ आरोप लगाइ रातिको समयमा कुटपिट गरे । सामान्य विवाद हुँदा पनि श्रीमान्ले मादकपदार्थ सेवन गरी उनलाई कुटपिट गर्दथे । अरु समयमा भन्दा बढी कुटपिट गरी घाइते बनाएपछि छिमेकीको सहारामा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी) मा उलि गइन ।

छिमेकीले त्यहाँ नपुराएको भए के हुन्थ्यो भन्न सकिने अवस्था नरहेको उनि बताछन । तीन महिनाको उपचारपछि उहाँँ पूर्णरुपमा निको भएको छ । त्यहाँस्थित अस्पतालका स्वास्थ्यकर्मीले उपचारको साथमा मनोपरामर्श दिएपछि आफूले पुनःजीवन पाएको उनीले बताइन् ।

लमही नगरपालिकाकी एक महिला बलात्कारको शिकार हुनुभयो । उहाँ पनि ओसिएमसीमा सेवा लिएर अहिले घरमा जानु भएको छ । औषधि उपचार खर्च सबै निःशुल्क पाएपछि उनले त्यहाँको सेवा राम्रो लागेको बताए । स्वास्थ्यकर्मीले गर्ने बोली व्यवहारले पनि पीडा बिर्साउन सहयोग गरेको उनको भनाइ छ ।

स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रहेको अस्पतालमा हिंसापीडित महिलाको लागि बरदान बनेको छ । उक्त केन्द्रले गएको एक वर्षमा २२३ जना हिंसा प्रभावितलाई सेवा उपलब्ध गराएको छ । ओसिएमसीले चालु आर्थिक वर्ष २०८२/८३ मा हिंसा प्रभावित २२३ जनालाई उपचार, मनोसामाजिक सेवा, कानुनीलगायत एकीकृत सेवा प्रदान गरिएको ओसिएमसी दाङका सम्पर्क व्यक्ति मीना डिसीले जानकारी दिए ।

त्यसमध्ये २२१ महिला र दुई पुरुष छन् । ओसिएमसीले एक वर्षमा बलात्कारमा परेका ५७ जना, यौन दुव्र्यवहारमा परेका २१ जना, शारीरिक दुव्र्यवहारमा परेका ८९ जना, मानसिक दुव्र्यवहारमा परेका ३७ जना र अन्य १९ जनालाई सेवा दिएको जनाएको छ ।

प्रकाशित समय : १८:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु