global ime bank Long Banner Ad

गृहपृष्ठ यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

यातायात कानुनलाई लगानीकर्ता र यात्रुमैत्री बनाइनेछ : मुख्यमन्त्री बानियाँ

मकवानपुर ।बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सडक यातायात क्षेत्रका समस्या समाधान गर्न वर्तमान कानुन संशोधन गरी लगानीकर्ता र यात्रुमैत्री बनाइने बताएको छन ।

नारायणी यातायात व्यवसायी सङ्घको ३७औँ वार्षिकसभा तथा १६ अधिवेशनमा उहाँले यातायात व्यवसायीले सवारीका चालक र सहचालकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन इमान्दार प्रयासको आवश्यकता औँल्याए ।

मुख्यमन्त्री बानियाँ लेभने “प्रदेशका विभिन्न जिल्लामा पर्ने सडकको स्तरोन्नति, कालोपत्रे, पक्की पुल निर्माण गर्ने स्पष्ट नीति हामीले अघि सारेका छौँ ।”

बागमती प्रदेशका श्रम रोजगार तथा यातायातमन्त्री जयराम थापाले प्रदेशका सबै जिल्लाका यातायात व्यवसायी र सवारी लगानीकर्तालाई सडक यातायात क्षेत्रमा आकस्मिक रुपमा हुने समस्या सम्बोधन गर्न साझा प्रयासको खाँचो छ ।

हेटौँडा उपमहानगरपालिकाको प्रमुख मीना लामाले लगानीकर्ता आफ्नो सवारीसाधनको सम्पूर्ण जिम्मेवारी बोकेको सवारी चालक र सहचालकको हकहित र अधिकारका लागि विशेष ध्यान पु¥याउन आवश्यक रहेको बताए ।

त्यस अवसरमा हेटौँडा उपमहापालिका–५ यातायात व्यवसायी स्व श्रीचन्द्र शर्माकी धर्मपत्नी सीता पौडेल र पूर्वप्रहरी उपरीक्षक दिलीपराज झालाई सम्मान गरियो ।

अधिवेशनमा उक्त सङ्घको नयाँ नेतृत्वको चयन गर्र्ने सङ्घका महासचिव सरोज खनालले जानकारी दिए ।

प्रकाशित समय : १८:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु