गृहपृष्ठ नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
नाइजेरियाको बारमा भएको आक्रमणमा मृत्यु हुनेको सङ्ख्या २२ पुग्यो
यस अघि बन्दुकधारीहरूले नाइजेरियाको अशांत पठार राज्यको राजधानी जोस स्थित एउटा बारमा आक्रमण गरी कम्तिमा एक दर्जन मानिसहरूको हत्या गरेका थिए । आक्रमणको प्रतिशोधको क्रममा थप १० जनाको मृत्यु भएको स्थानीयहरूलाई उदृत गर्दै सोमबार एएफपीले जनाएको छ ।
नाइजेरियाको मध्य क्षेत्रमा रहेको पठार राज्यका ग्रामीण क्षेत्रमा बारम्बार हिंसा हुने गरेको जनाइएको छ । जुन किसानहरू बीचको भूमि विवादसँग जोडिएको छ ।
जोस नर्थ जिल्लाको अङ्गुवान रुकुबामा रहेको बार–एण्ड रेस्टुरेन्टमा आइतबार अज्ञात बन्दुकधारी समुहले गोली चलाउँदा कम्तीमा १२ जनाको मृत्यु भएको पठार रेडक्रसका सचिव नुरुद्दीन हुसैनी मगाजीले पुष्टि गरेका छन ।
आक्रमणकारीले संयुक्त रूपमा गोली हान्दा १२ जनाको घटनास्थलमै मृत्यु स्थानीयलाई उदृत गर्दै एएफपीले जनाएको छ । सरकारले संदिग्धहरूको नाम नखुलार्ई अनुसन्धान चलिरहेको बताएको छ ।
प्रकाशित समय : १५:२२ बजे


















