गृहपृष्ठ आज विश्वभर विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै
आज विश्वभर विश्व रंगमञ्च दिवस, विभिन्न कार्यक्रमका गरी मनाइँदै
काठमाडौं । आज मार्च २७, विश्वभर विश्व रंगमञ्च दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ ।
समाजमा रहेका विकृति र विसंगतिहरू हटाउँदै सकारात्मक परिवर्तनका लागि नाटकमार्फत उत्प्रेरणा जगाउने उद्देश्यले हरेक वर्ष यो दिवस मनाइन्छ । नेपालमा पनि विभिन्न कार्यक्रम गरी यो दिवस मनाउने गरिएको छ ।
सन् १९६१ मा अन्तर्राष्ट्रिय थिएटर संस्थान (आईटीआई) ले विश्व रंगमञ्च दिवसको अवधारणा अघि सारेको थियो । त्यसपछि सन् १९६२ देखि प्रत्येक वर्ष मार्च २७ मा यो दिवस मनाउन थालिएको हो । पहिलो पटक विश्व रंगमञ्च दिवसको सन्देश फ्रान्सका प्रसिद्ध नाटककार जीन कोक्टोले दिएका थिए ।
यो दिवसले रंगमञ्च कलाको सार, सौन्दर्य र महत्त्व उजागर गर्दै मनोरञ्जनका साथै समाजमा सकारात्मक प्रभाव पार्ने माध्यमका रूपमा थिएटरको भूमिकालाई स्थापित गर्न मद्दत पु¥याउँछ । साथै, विश्वभरका सरकार, नीति निर्माता र सरोकारवालाहरूलाई रंगमञ्चको मूल्य तथा आर्थिक सम्भावनाबारे जानकारी गराउने अवसरका रूपमा पनि यो दिवसलाई लिइन्छ । यस दिवसको प्रवद्र्धनमा युनेस्कोले पनि सहयोग गर्दै आएको छ ।
नेपालको सन्दर्भमा, रंगमञ्चलाई मानव जीवनका विविध पक्षहरूको सशक्त चित्रण गर्ने माध्यमका रूपमा हेरिन्छ । समाजलाई सही मार्गतर्फ उन्मुख गराउन तथा विकृति हटाउन नाटक प्रभावकारी साधन मानिन्छ ।
पछिल्लो समय नेपाली रंगमञ्चप्रति युवा पुस्ताको आकर्षण बढ्दो छ । तर रंगकर्मीहरूको आर्थिक अवस्था भने अझै सुदृढ हुन सकेको छैन ।
प्रकाशित समय : ०८:५३ बजे



















