global ime bank Long Banner Ad

गृहपृष्ठ ग्लोबल मनी विकः प्रभु बैंकको कमलादी शाखाद्वारा प्रभातफेरी कार्यक्रम सञ्चालन

ग्लोबल मनी विकः प्रभु बैंकको कमलादी शाखाद्वारा प्रभातफेरी कार्यक्रम सञ्चालन

ग्लोबल मनी विकः प्रभु बैंकको कमलादी शाखाद्वारा प्रभातफेरी कार्यक्रम सञ्चालन

काठमाडौं । प्रभु बैंकको कमलादी शाखाले ‘स्मार्ट मनी टक्स’ भन्ने मूल नाराका साथ ग्लोबल मनी विक–२०२६ शुक्रबार प्रभातफेरी कार्यक्रम आयोेजना गरी मनाएको छ।

कार्यक्रममा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्मासहित बैंकका उच्च पदाधिकारी तथा कर्मचारीको उल्लेख्य उपस्थिति थियो। प्रभातफेरी बैंकको कमलादी शाखाबाट सुरु भई दरबारमार्ग, कमलपोखरी चोेकहुँदै पुनः कमलादी शाखामा आई समापन भएको थियो।

कार्यक्रममा ‘स्मार्ट मनी टक्स’को मूल नारासहितका वित्तीय सन्देशमूलक प्ले–कार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएको थियो।

बैंकका नेपालभर ३१२ शाखा कार्यालय, ३१० एटीएमका साथै ७१ एक्सटेन्सन काउन्टरमार्पmत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई ‘विश्वास लिन्छौँ, विश्वास दिन्छौँ’ भन्ने मूल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ।

प्रकाशित समय : १६:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु