पाशुपत क्षेत्रमा श्री बछलेश्वरी देवीको जात्रा सुरुवात (तस्बिरसहित)
वि.सं.२०८२ चैत ५ बिहीवार १०:२६
shares

पाशुपत क्षेत्रको ऐतिहासिक जात्रा पर्वहरू मध्येको श्री बछलेश्वरी देवीको रथयात्रा सुरुवात भएको छ ।
बुधबार साँझ बज्रेश्वरीको जात्रा समापन भएसँग बछलेश्वरीको रथयात्राको सुरुवात पशुपतिस्थित नदी किनाराको बछलेश्वरी देवीको मन्दिर प्राङ्गणबाट भएको छ ।
विधि अनुसार पूजा आजपछि देवीको प्रतिमूर्तिलाई खटमा राखेर टोल टोलमा पूजा सहित परिक्रमा गराउने प्रचलन रहिँ आएको छ । यस जात्रा शुक्रबार साँझ समापन हुन्छ ।


























