global ime bank Long Banner Ad

गृहपृष्ठ दक्षिण कोरियामा रोजगारी वृद्वि

दक्षिण कोरियामा रोजगारी वृद्वि

दक्षिण कोरियामा रोजगारी वृद्वि

पछिल्लो पाँच महिनामा दक्षिण कोरियाको रोजगारी दरमा निरन्तर वृद्धि भएको आधिकारीक तथ्याङ्कले बुधवार देखाएको छ ।

तथ्याङ्क मन्त्रालयको तथ्याङ्क अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेरका बेरोजगारको सङ्ख्या दुई लाख ३४ हजार अथवा ०.८ प्रतिशतले बढेर फेब्रुअरीमा दुई करोड ८४ लाख १३ हजार पुगेको छ ।

यो गत वर्षको सेप्टेम्बर पछि सबै भन्दा तीव्र गतिमा भएको विस्तार हो भने गत वर्षको जनवरी देखि लगातार १४ औँ महिनामा हाल सम्म वृद्धि जारी रहेको जनाइएको छ ।

समग्र रोजगारी वृद्धिमा ६० वर्ष वा सोभन्दा बढी उमेर समूहको रोजगारीको संख्या वार्षिक आधारमा फेब्रुअरीमा दुई लाख ८७ हजारले बढेको छ भने ३० र ५० वर्ष उमेर समूहको क्रमशः ८६ हजार र ६ हजारले बढेको जनाइएको छ ।

यद्दपी २० वर्ष उमेर समूहका मानिसहरूको रोजगारीमा एक लाख ६३ हजारको सङ्ख्यामा गिरावट आएको छ भने ४० वर्ष उमेर समूहका मानिसहरूको रोजगारी अपरिवर्तित रहेको जनाइएको छ ।

प्रकाशित समय : १७:५० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु