गृहपृष्ठ पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता
पाकिस्तानबाट रिहा भएका ३०० अफगानी कैदी स्वदेश फिर्ता
गत हप्तामा पाकिस्तानको जेलबाट रिहा भएका करिब ३०० जना अफगान नागरिकहरू अफगानिस्तान फर्केको टोलो न्युजले जनाएको छ ।
टोलो न्युजको रिपोर्टका अनुसार ती व्यक्तिहरू कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका पार गरेर स्वदेशमा प्रवेश गरेका थिए । कैदीहरूलाई एक दिन देखि लगभग दुई महिना सम्म विभिन्न अवधिका लागि पाकिस्तनी जेलमा राखिएको बताइएको छ ।
अफगानिस्तान फर्किए पछि, उनीहरूलाई दर्ता तथा सुचिृत गरी स्पिन बोल्डक सीमा नाकामै प्रारम्भिक मानवीय सहयोग प्रदान गरि आफ्नो गृह प्रान्तमा फर्कन सहयोग गरेकोसमेत टोलो न्युजले रिपोर्ट गरेको छ ।
प्रकाशित समय : १७:४७ बजे



















