गृहपृष्ठ रियल म्याड्रिडसँग स्तब्ध बन्दै च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर सिटी

रियल म्याड्रिडसँग स्तब्ध बन्दै च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर सिटी

रियल म्याड्रिडसँग स्तब्ध बन्दै च्याम्पियन्स लिगबाट बाहिरियो म्यानचेस्टर सिटी

एक दर्जनभन्दा बढी पटक उपाधि आफ्नो पोल्टामा पारिसकेको स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिड बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई स्तब्ध पार्दै यूईएफए च्याम्पियन्स लिग फूटबल प्रतियोगिताको क्वार्टरफाइनलमा पुगेको छ ।

रियल म्याड्रिडले बुधबार बिहान सम्पन्न प्रि–क्वार्टरफाइनल खेलको दोस्रो लेग खेलमा इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीलाई २–१ गोलले हरायो । उक्त जितसँगै रियल म्याड्रिड ५–१ कुल गोल भिन्नताका आधारमा क्वार्टरफाइनलमा पुगेको हो ।

यसअघि खेलिएको प्रि–क्वार्टरफाइनलको पहिलो लेग खेलमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३–० गोलले हराएको थियो । दोस्रो लेग खेलमा रियल म्याड्रिडको सजिलो जितमा भिनिसियस जुनियर नायक बने ।

उनले दुवै हाफमा १/१ गोल गरे । खेल शुरू भएको २२औं मिनेटमा उनले पेनाल्टीमार्फत पहिलो गोल गरेका थिए । दोस्रो हाफको इन्जुरी समयको तेस्रो मिनेटमा उनले नै टोलीका लागि दोस्रो गोल थपेका थिए ।

म्यानचेस्टर सिटीका लागि भने एकमात्र गोल निर्धारित समयको ४१औं मिनेटमा एर्लिङ हालान्डले फर्काएका थिए । रियल म्याड्रिडले हालसम्म सर्वाधिक १५ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ ।

 

प्रकाशित समय : ११:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु