काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

1.79K
shares

काठमाडौँ। हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार काठमाडौँ ११ स्थित थापाथली चेस पार्कमा हुने भएको छ । विश्व चेस महासंघको ‘फिडे वुमेन्स चेस म्याराथन’ अन्तर्गतको अफिसियल प्रतियोगिताको रुपमा हुने हिमालयन क्वीन्स ग्याम्बिटमा एक सय बढी खेलाडीले प्रतिस्पर्धा गर्ने बताइएको छ ।

आयोजक हिमालयन चेस एकेडेमीकी संस्थापक मोनालिशा खम्बू भन्छिन्, ‘फिडे कमिसन फर वुमेन्स चेससँगको पार्टनरसिपमा मार्च महिनामा विश्वभरि प्रतियोगिता भइरहेको छ । त्यसै अन्तर्गत् नेपालको एकमात्र प्रतियोगिता हामी आयोजना गर्दैछौं । चेसमा नयाँलाई अवसर दिन अनरेटेड खेलाडीको उत्सवको रुपमा सञ्चालन हुने एक दिने प्रतियोगितामा करिब एक सय खेलाडी सहभागि हुनेछन् ।’ बिहीबारसम्म ५० खेलाडी दर्ता भइसकेको पनि उनले बताइन् ।

नेपालमा महिला खेलाडीले मात्रै सहभागि हुन पाउने तेस्रो प्रतियोगिता आयोजनाको लागि एकेडेमीले प्रप्स नेपालसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा एकेडेमीकी संस्थापक खम्बू र प्रप्स नेपालकी प्रमुख दीपा श्रेष्ठले हस्ताक्षर गरेका छन् । श्रेष्ठले भनिन्, ‘नेपालमा महिला चेसलाई उत्सवको रुपमा मनाउने प्रयासमा मूर्तरुप दिन हिमालयन चेस एकेडेमीसँग सहकार्य गरेका छौं । हामी क्वीन्स ग्याम्बिटलाई भव्य बनाउनेछौँ ।’

गत वर्ष आयोजित पहिलो संस्करणमा पाँच वर्षदेखि ६७ वर्षसम्मका एक सय ४२ अनरेटेड खेलाडीले प्रतिस्पर्धा गरेका थिए, जुन संख्या नोली महिला चेसकै कीर्तिमान हो । यसपाली शीर्ष आठसँगै यू ७, यू १०, यू १३ यू १६ र ५० वर्षमाथि उमेर समूहका विजेतालाई पनि पुरस्कार दिइने छ । उत्कृष्ट तीन स्कुल र पाँच खेलाडीलाई स्पेसर अवार्ड्स पनि प्रदान गरिनेछ ।