काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

चुनावी समीक्षा बैठकमा ढलेका एमाले नेता थापाको निधन

2.02K
shares

काठमाडौं । नेकपा (एमाले) कास्कीका इन्चार्ज कृष्ण थापाको निधन भएको छ ।

उनी बिहीबार (फागुन २८) एमाले कास्की जिल्ला कमिटीको चुनावी समीक्षा बैठकमा बोल्दाबोल्दै ढलेका थिए । उनलाई उपचारका लागि तत्कालै मणिपाल शिक्षण अस्पताल लगिएको थियो । थापाको उपचारका क्रममा निधन भएको हो ।

हृदयघातका कारण उनको निधन भएको अस्पतालले जनाएको छ ।