काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

काठमाडौँ–६ र ८ मा पनि रास्वपाको अग्रता

2.54K
shares

काठमाडौँ । काठमाडौँ क्षेत्र–६ र ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता कायम छ ।

क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले चार हजार २९२ मत प्राप्त गरेको निर्वाचन अधिकृत चपला पोखरेलले जानकारी दिए ।

यसैगरी, नेपाली कांग्रेसका कृष्ण बानियाँ क्षेत्रीले एक हजार १८० र नेकपा ९एमाले०का अमनकुमार मास्केले एक हजार ८६ मत प्राप्त गरेको छ ।

त्यसैगरी, क्षेत्र नं ८ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विराजभक्त श्रेष्ठले अग्रता लिएको छ । उनले सात हजार ६१७ मत प्राप्त गरेको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीका सुमन सायमीले ९३८ र नेपाली कांग्रेसकी सपना राजभण्डारीले ८९३ मत प्राप्त गरेको छ ।