गृहपृष्ठ पाकिस्तानमा अमेरिकी दूतावासले रद्ध गर्यो भिसा प्रक्रिया
पाकिस्तानमा अमेरिकी दूतावासले रद्ध गर्यो भिसा प्रक्रिया
पाकिस्तानमा रहेको अमेरिकी दूतावासले सुरक्षा कारणले गर्दा सबै भिसा भेटघाटका समयहरू रद्द गरेको छ। पाकिस्तानमा रहेको अमेरिकी दूतावासले यो निर्णय इस्लामाबाद साथै लाहोर र कराँचीमा रहेका कार्यालयहरूमा लागू हुने बताएको छ। यो आदेश मार्च ६ सम्म लागू रहनेछ।
आइतबार कराँचीमा रहेको अमेरिकी वाणिज्य दूतावास बाहिर विरोध प्रदर्शन गरिएको थियो। सुरक्षाकर्मीहरूले गरेको गोलीबारीमा कम्तीमा १० जनाको मृत्यु भएको थियो । अमेरिका र इजरायलको आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको खबर आएपछि यो विरोध प्रदर्शन भएको हो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकीहरूलाई सकेसम्म चाँडो मध्य पूर्व छोड्न आग्रह गरेका छन् । ट्रम्पले इरानमाथिको सबैभन्दा ठूलो आक्रमण अझै बाँकी रहेको बताएका छन् । सोमबार ह्वाइट हाउसमा एक विज्ञप्तिमा उनले इरानसँगको युद्ध ४-५ हप्तासम्म चल्न सक्ने बताएका थिए । तर आवश्यक परेमा यो अभियान लामो समयसम्म जारी रहनेछ।
आज इजरायल, अमेरिका र इरानबीचको युद्धको चौथो दिन हो । सो क्रममा अहिलेसम्म इरानमा ७४२ जनाको मृत्यु भएको छ भने ७५० जना घाइते भएका छन् । मारिनेमा १७६ बालबालिका हुन् ।
अल-जजीराको रिपोर्ट अनुसार अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमा हालसम्म एक हजार भन्दा बढी निशानाहरूमा आक्रमण गरेका छन् । पहिलो ३० घण्टामा दुई हजार भन्दा बढी बम खसालिएका छन् ।
प्रकाशित समय : १०:१५ बजे



















