nmb bank

गृहपृष्ठ निर्वाचनबाट मुलुकले जित्नुपर्छ : पूर्ण बस्नेत

निर्वाचनबाट मुलुकले जित्नुपर्छ : पूर्ण बस्नेत

निर्वाचनबाट मुलुकले जित्नुपर्छ : पूर्ण बस्नेत

जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले आसन्न निर्वाचनबाट अमुक राजनीतिक दलले नभई मुलुकले जित्नुपर्ने धारणा व्यक्त गरेका छन् । मुलुकलाई पटकपटक विभिन्न राजनीतिक दल र नेताको क्रिडास्थल बनाइएको भन्दै बस्नेतले यो निर्वाचनबाट मुलुकले जित्न आवश्यक रहेको बताएका हुन् ।

बस्नेतले भने, ‘यो निर्वाचन नयाँ र पुराना दलबीचको प्रतिस्पर्धामात्र हैन । यो निर्वाचन मुलुकलाई विकासको पथमा लैजाने सुनौलो अवसर पनि हो । उम्मेदवार विभिन्न आश्वासन र अनेक रुप धारण गरेर मतदातासमक्ष आएको हुन सक्छ । मतदाताहरुले यसपटक दृढताका साथ देशलाई जिताउने प्रण गर्नुपर्छ ।’

आवेग र उत्तेजनामात्र लिएर आएको उम्मेदवार सिंगो निर्वाचन क्षेत्रका नागरिकहरुको सही प्रतिनिधि बन्न सक्दैन भन्ने कुरा मतदाताले राम्रोसँग बुझाइदिनुपर्ने उनको धारणा छ । उनले भने, ‘मतदाता जत्तिको विवेक, सुझबुझसमेत नभएको उम्मेदवारलाई आफ्नो प्रतिनिधि छान्ने गल्ती मतदाताबाट कदापी हुनुहुँदैन ।’

मुलुकलाई आजको अवस्थामा पुर्याउने दल र तिनका उम्मेदवारहरुसँग पनि मतदाता सचेत हुनुपर्ने उनको भनाइ छ । यस्ता उम्मेदवारलाई मतदाताले प्रष्टसँग ‘नो नट अगेन’ भन्नुपर्ने उनको सुझाव रहेको छ । निर्वाचनबाट लहड हैन विचार र मुद्दाको जित हुनुपर्ने उनको भनाइ छ ।

प्रकाशित समय : १७:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु