गृहपृष्ठ काबुलमा बमबारी, पाकिस्तानले गर्यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा
काबुलमा बमबारी, पाकिस्तानले गर्यो अफगानिस्तानविरुद्ध युद्धको घोषणा
पाकिस्तानले काबुलसहित अफगानिस्तानका प्रमुख सहरमा शुक्रबार बमबारी गरेको छ । महिनौँदेखिको प्रतिशोधात्मक झडपपछि इस्लामाबादका रक्षामन्त्रीले छिमेकीबीच ‘खुला युद्ध’ सुरु भएको घोषणा गरेका छन् ।
पाकिस्तानले अफगान राजधानी काबुल, तालिबान अधिकारीको दक्षिणी शक्तिकेन्द्र कान्दाहारमा हवाई आक्रमण गरेको छ । यी दुई छिमेकीबीचको सम्बन्ध हालैका महिनामा निकै चिसिएको छ । गएको अक्टोबरमा दुवै पक्षका ७० भन्दा बढी मानिस मारिने गरी भएको लडाइँपछि स्थल सीमानाका प्रायः बन्द छन् ।
इस्लामाबादले अफगानिस्तानमाथि पाकिस्तानमा आक्रमण गर्ने चरमपन्थी समूहविरुद्ध कारबाही गर्न असफल भएको आरोप लगाउँदै आएको छ । तालिबान सरकारले यसलाई अस्वीकार गर्दै आएको छ ।
“काबुल, पक्तिया (प्रान्त) र कान्दाहारमा रहेका अफगान तालिबानका रक्षा लक्ष्यलाई निसाना बनाइएको छ,” पाकिस्तानी सूचनामन्त्री अताउल्लाह तरारले सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
रक्षामन्त्री ख्वाजा आसिफले तालिबान सरकारसँग ‘पूर्ण मुठभेड’को घोषणा गरेका छन् । “हाम्रो धैर्यको सीमा नाघेको छ । अब हामी र तपाईंहरूबीच खुला युद्ध सुरु भएको छ,” उनले सामाजिक सञ्जालमा लेखेका छन् ।
प्रकाशित समय : १०:३४ बजे



















