global ime bank Long Banner Ad

गृहपृष्ठ प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिने सार्वजनिक बिदा घोषणा

प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिने सार्वजनिक बिदा घोषणा

प्रतिनिधि सभा निर्वाचनका अवसरमा तीन दिने सार्वजनिक बिदा घोषणा

२०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको सन्दर्भमा नेपाल सरकार, गृह मन्त्रालयले मुलुकभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

मन्त्रालयले जारी गरेको सूचना अनुसार सार्वजनिक बिदा २०८२/११/२० देखि २०८२/११/२२ सम्म लागू हुनेछ। उक्त निर्णय मन्त्रिपरिषद्को मिति २०८२/११/१४ को निर्णय अनुसार सूचना जारी गरिएको हो।

मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले यसबारे जानकारी गराउँदै सम्बन्धित सबै कर्मचारी, नागरिक र सरोकारवालालाई बिदाको अवसरमा आवश्यक तयारी गर्न निर्देशन दिएका छन्।

प्रकाशित समय : १७:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु