गृहपृष्ठ वेष्ट इण्डिजले दियो दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य
वेष्ट इण्डिजले दियो दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य
भारत र श्रीलंकामा जारी आइसिसी टी–२० विश्वकप अन्तर्गत वेष्ट इण्डिजले दक्षिण अफ्रिकालाई १ सय ७७ रनको लक्ष्य दिएको छ । अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा टस हारेर ब्याटिङको मौका पाएको वेष्ट इण्डिजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७६ रन बनायो ।
सुरुवाती समयमा निकै खराब ब्याटिङ गरेको वेष्ट इण्डिजले पछि उत्कृष्ट कमब्याक गर्यो । उसले मात्र ८८ रनमै ७ विकेट गुमाइसकेको थियो ।
आठौँ विकेटका लागि रोमारियो शेफर्ड र जेसन होल्डरले ८९ रनको साझेदारी गरे । खेलमा होल्डरले ४९ तथा शेफर्डले अविजित ५२ रन बनाए ।
त्यस्तै, वेष्ट इण्डिजका लागि ब्रान्डन किङले २१, कप्तान साई होपले १६, शेर्फेन रदरफोर्डले १२ र म्याथ्यू फोर्डले ११ रन बनाए । दक्षिण अफ्रिकाका लागि लुङ्गी न्गिडीले तीन, कोर्बिन बोश र कगिसो रबाडाले दुई/दुई विकेट लिए ।
प्रकाशित समय : १७:३३ बजे


















