काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

अर्यालसँग मतदाताको गुनासो : नेपालमै काम गर्दा पनि ज्याला पाइँदैन’

1.81K
shares

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ९का मतदाताले मुलुकभित्र रोजगारीको अभाव र श्रमिक शोषण बढ्दो रहेको गुनासो गरेका छन् । शनिबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालसँगको छलफलमा वडा नम्बर १२ र २१ का मतदाताले युवाहरू विदेशिन बाध्य भएको तथा नेपालमै काम गर्दा पनि महिनौँसम्म तलब नपाउने अवस्था रहेको बताएका हुन् ।

छलफलमा सहभागीहरूले पुराना दलहरूले निर्वाचनपछि आसेपासेलाई प्राथमिकता दिने र जनताको समस्या बेवास्ता गर्ने प्रवृत्तिको आलोचना गर्दै स्वदेशमै रोजगारी सिर्जना गर्न आग्रह गरे। शिक्षित युवासमेत श्रमको उचित मूल्य नपाउने अवस्थाले निराशा बढेको उनीहरूको भनाइ थियो। साथै मतदाताको सुरक्षा सुनिश्चित गर्नसमेत माग गरिएको थियो।

जवाफमा उपसभापति अर्यालले नेपालभित्रै रोजगारी सिर्जना गर्ने पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै युवालाई स्वदेशमै अवसर दिलाउने प्रतिबद्धता व्यक्त गरे। उनले श्रमको सम्मान गर्दै समान पारिश्रमिक सुनिश्चित गरिने बताए ।
र्
काम गर्ने उमेरका विद्यार्थीलाई पढ्दै काम गर्न सक्ने वातावरण बनाउनेछौं, पढाइ छोडेर काम गर्नुपर्ने बाध्यता हटाइनेछ,’ उनले भने ।

अर्यालले मतदाताको सुरक्षा सुनिश्चित गर्न राज्य तयार रहेको उल्लेख गर्दै गलत कार्यमा संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउन नागरिकको सहकार्य आवश्यक रहेको पनि बताए ।

उनी शनिबार काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार विराज भक्त श्रेष्ठ सहित धादिङका मतदातासँग पनि छलफलमा सहभागी भएका थिए ।