गृहपृष्ठ न्युजिल्यान्डविरुद्ध यूएईले ब्याटिङ गर्ने
न्युजिल्यान्डविरुद्ध यूएईले ब्याटिङ गर्ने
काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) ले आईसीसी टी–२० विश्वकप २०२६ मा न्युजिल्यान्डविरुद्ध ब्याटिङ गर्ने भएको छ ।
मंगलबार भारतको चेन्नाईस्थित एमए चिदमबरम क्रिकेट रंगशालामा यूएएईका कप्तान महोम्मद वसिमले टस जितेर न्युजिल्यान्डलाई फिल्डिङको निम्तो दिए ।
खेलमा न्युजिल्यान्ड दोस्रो जितको खोजीमा छ । न्युजिल्यान्डले यसअघिको पहिलो खेलमा अफगानिस्तानविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
यूएई भने विश्वकपमा विजयी सुरुआत गर्ने लक्ष्यमा हुनेछ । यो प्रतियोगितामा यूएईको पहिलो खेल हो ।
यी दुवै समूह ‘डी’मा छन् । समूहमा यूएई र न्युजिल्यान्डसँगै अफगानिस्तान, दक्षिण अफ्रिका र क्यानडा छन् ।
प्रकाशित समय : १६:११ बजे


















