गृहपृष्ठ बजेटमा समावेश ७४ मध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै कार्यान्वयन
बजेटमा समावेश ७४ मध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै कार्यान्वयन
चालू आर्थिक वर्ष २०८१/८२ को बजेटमा समावेश ७४ महत्त्वपूर्ण बुँदामध्ये पुस मसान्तसम्म ९ वटा बुँदा मात्रै पूर्णरूपमा कार्यान्वयन भएका छन् । बाँकी ४५ वटा बुँदामा आंशिक प्रगति भएको छ भने २० वटा बुँदामा कुनै पनि काम शुरू हुन सकेको छैन ।
नेपाल उद्योग परिसङ्घ र नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले सार्वजनिक गरेको बजेट वाच प्रतिवेदनअनुसार उद्योग क्षेत्रसँग सम्बन्धित २७ मध्ये ५ वटा बुँदा मात्र पूर्णरूपमा कार्यान्वयन भएका छन् । यस्तै १४ वटा बुँदामा आंशिक प्रगति देखिएको छ भने ८ वटा बुँदामा शून्य प्रगति रहेको प्रतिवेदनले देखाएको छ ।
ऊर्जा, पूर्वाधार तथा शहरी विकास क्षेत्रका १४ मध्ये ३ वटा बुँदा मात्र पूर्ण कार्यान्वयन भएका छन् भने ८ वटा बुँदामा आंशिक र ३ वटा बुँदामा कुनै प्रगति छैन । कृषि तथा जडीबुटी क्षेत्रमा भने ७ मध्ये ३ वटा बुँदा पूर्णरूपमा कार्यान्वयन भएका छन् ।
गएको आर्थिक वर्षको यही अवधिसँग तुलना गर्दा यस वर्ष बजेट कार्यान्वयनको अवस्था झन् कमजोर देखिएको छ । गएकाे वर्ष १३ प्रतिशत बुँदा पूर्ण कार्यान्वयन भएकोमा यस वर्ष त्यो घटेर १२ प्रतिशतमा सीमित भएको छ ।
प्रकाशित समय : १६:०६ बजे


















