global ime bank Long Banner Ad

गृहपृष्ठ कमला नदीमा सन्ध्या आरती सम्पन्न

कमला नदीमा सन्ध्या आरती सम्पन्न

कमला नदीमा सन्ध्या आरती सम्पन्न

प्रशिद्ध एवं पवित्र कमला नदीको महिमालाई बढाउने उदेश्यले सिन्धुली जिल्लाको गौतमी र कमलानदीको संगम स्थलमा कमला सन्ध्या आरती सम्पन्न गरिएको छ ।

कमलामाई मन्दीर व्यवस्थापन समिति र कमला बचाउ अभियान जनकपुरको संयुक्त आयोजनामा सम्पन्न गरिएको सो आरतीमा स्थानीय श्रद्धालु भक्तजनहरु,विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सरकारी तथा गैह्सरकारी निकायका व्यक्तिहरु,सचारकर्मीहरु लगाएतको सहभागिता रहेको थियो ।

आरती शुभमुहर्तका क्रममा कमला बचाउ अभियानका अभियन्ता बिक्रम यादव,कमलामाईका अभियन्ता विश्वनाथ वराल लगाएतले कमला नदीको संरक्षण गर्न सके मावन सभ्यताको रक्षा हुने बताए ।

प्रथम पटक गौतमी र कमलानदीको संगमस्थलमा संचालन गरेको आरती आगामी दिनमा समेत निरन्तर गर्ने कमलामाई व्यवस्थापन समितिका अध्यक्ष नवराज श्रेष्ठले बताए ।

सिन्धुली जिल्लाको चुरे पहाडको का“खमा उद्गमस्थल रहेको कमला नदी मधेश प्रदेश हुदै भारतको विहार राज्यका विभिन्न स्थानमा समेत पवित्र देवीको रुपमा पुजिदै आएकी छिन् ।

 

प्रकाशित समय : ०६:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु