गृहपृष्ठ आजदेखि टी– २० विश्वकप, नेपाल तेस्रोपटक खेल्दै
आजदेखि टी– २० विश्वकप, नेपाल तेस्रोपटक खेल्दै
आजदेखि आईसीसी पुरुष टी– २० विश्वकप क्रिकेट प्रतियोगिता हुँदै छ । नेपालको छिमेकी देश भारत र श्रीलंकाको आयोजनामा आजदेखि विश्वकप सुरु हुन लागेको हो ।
विश्वकपको पहिलो खेलमा पाकिस्तान र नेदरल्यान्डबीच बिहान सवा ११ बजे खेल हुँदै छ । त्यसपछि आजै वेस्ट इन्डिज र स्कटल्यान्ड तथा भारत र अमेरिकाबीच प्रतिस्पर्धा हुँदै छ ।
८ मार्चसम्म जारी रहने प्रतियोगितामा २० देश सहभागी छन् । जसमा नेपाल तेस्रोपटक विश्वकप खेल्दै छ । नेपालले यसअघि सन् २०१४ र २०२४ मा विश्वकप खेलेको थियो । योपटक पनि नेपाल रोहितकुमार पौडेलको कप्तानीमा विश्वकपमा सहभागी भएको छ ।
नेपालले समूह चरणका चारै खेल मुम्बईमा खेल्नेछ । नेपाल रहेको समूहमा दुईपटकको विजेता इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र स्कटल्यान्ड समावेश छन् ।
प्रकाशित समय : ०६:५३ बजे



















