काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

global ime bank Long Banner Ad

सुजुकी ’विन्टर फ्री सर्भिस क्याम्प’ माघ २५ देखि २७ सम्म सम्पन्न हुँने, सहभागी ८ भाग्यशाली ग्राहकहरूले ’स्टेकेसन प्याकेज’ जित्ने मौका पाउने

2.04K
shares

काठमाडौं । सीजी होल्डिङ्सको अटोमोटिभ डिभिजन तथा नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी मोटोकर्पले आगामी माघ २५ देखि २७ गते, २०८२ सम्म देशव्यापी “विन्टर फ्री सर्भिस क्याम्प” आयोजना गर्ने भएको छ ।

जाडो मौसमले सवारी साधनमा नदेखिने खालका समस्याहरू निम्त्याउन सक्छ। चिसोको समयमा पनि गाडीको कार्यक्षमता दुरुस्त राख्न कम्पनीले आफ्ना ग्राहकहरूलाई सवारी जाँच गराउन सुझाव दिएको छ। यस क्याम्पको मुख्य उद्देश्य चिसो मौसमले गाडीमा पार्ने प्रभावबारे ग्राहकहरूलाई सचेत गराउनु र उत्कृष्ट सेवा प्रदान गर्नु हो ।

यस क्याम्पअन्तर्गत सुजुकीका ग्राहकहरूले निःशुल्क सवारी जाँच, मर्मत सम्भारमा विशेष छुट र चिसो मौसममा गाडीलाई सुरक्षित राख्ने सम्बन्धमा विशेषज्ञको सल्लाह प्राप्त गर्नेछन्। कम्पनीले सबै सुजुकी धनीहरूलाई यस अवसरको फाइदा उठाई आफ्नो सवारी साधनलाई सधैं राम्रो अवस्थामा राख्न प्रोत्साहन गरेको छ ।

सर्भिस क्याम्पका दौरान ग्राहकहरूले विभिन्न छुट र अफरहरूका साथै आकर्षक उपहारको अवसर पनि पाउनेछन्। सहभागी ग्राहकहरूमध्ये ८ भाग्यशाली जोडीले नगरकोटस्थित भङ्गेरी दरबार रिसोर्टमा ’स्टेकेसन प्याकेज’ (क्तबथअबतष्यल एबअपबनभ) प्राप्त गर्नेछन् ।

यो’विन्टर फ्री सर्भिस क्याम्प’ नेपालभर रहेका सुजुकीका सबै सर्भिस सेन्टरहरूमा सञ्चालन हुनेछ। देशभर ५४ वटा सर्भिस आउटलेट भएको सुजुकी नेपालकै सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको ब्रान्ड हो।