global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ एकै वर्ष गर्‍यो शिवम् प्लास्टिक इन्डष्ट्रिले पौने २ अर्बको व्यापार

एकै वर्ष गर्‍यो शिवम् प्लास्टिक इन्डष्ट्रिले पौने २ अर्बको व्यापार

एकै वर्ष गर्‍यो शिवम् प्लास्टिक इन्डष्ट्रिले पौने २ अर्बको व्यापार

शिवम् प्लास्टिक इन्डष्ट्रिले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले गत आर्थिक वर्षमा १ अर्ब ८५ करोड ४० लाख रुपैयाँको व्यापार गरेको हो ।

सन् २०२५ मा १ अर्ब ४५ करोड ८० लाख रुपैयाँको व्यापार गरेको कम्पनीले सन् २०२३ मा १ अर्ब ३५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । सन् २००० मा स्थापना भएको कम्पनी सन् २०२१ मा पब्लिक कम्पनीको रुपमा परिणत भएको थियो ।

कम्पनीकाअनुसार गत आवमा २७.२२ प्रतिशतले व्यापार बढेको छ । गत आवमा उच्च परिमाणमा सामग्री बिक्री हुँदा व्यापार उल्लेख्य बढेको हो । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ९२ करोड रुपैयाँको व्यापार गरिसकेको छ ।

कम्पनीले गत आवमा ४.२४ प्रतिशत नाफा कमाएको छ । सन् २०२४ मा ४.९४ प्रतिशत नाफा कमाएको थियो । तर, खुद नाफा भने १ प्रतिशतभन्दा कम भएको छ । कम्पनीले सामग्री उत्पादनका लागि आवश्यक कच्चा पदार्थ भारतबाट आयात गर्ने गरेको रेटिङमा उल्लेख छ।

प्रकाशित समय : १३:०३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु