काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

फागुन १ देखि निर्वाचन क्षेत्र नछोड्न कांग्रेस क्रियाशीललाई विश्वप्रकाशको निर्देशन

1.34K
shares

नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले फागुन १ गतेदेखि पार्टीका क्रियाशील सदस्यलाई आफ्नो निर्वाचन क्षेत्र नछोड्न निर्देशन दिएका छन् । उनले फागुन २१ को चुनाव नसकिदासम्म क्रियाशील सदस्यलाई क्षेत्र नछोड्न निर्देशन दिएका हुन् ।

सोमबार बिर्तामोडमा झापा–२ का कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शर्माले यो पटक कांग्रेस नयाँ र परिवर्तन भएर आएकाले सबैलाई चुनावमा केन्द्रित हुन आग्रह गरे । उनले भने, ‘तपाईंहरूको कुनै काम छ भने फागुन १ अगाडि नै सक्नुहोस् । फागुन १ पछि आफ्नो निर्वाचन क्षेत्र छोडेर बाहिर जाने र चुनावमा असहयोग हुने काम कसैले गर्न पाउनुहुन्न ।’

उनले यो पटक कांग्रेस बोलिमा मात्र नभई, व्यवहारमै परिवर्तन भएर चुनावमा होमिएको बताए । परिवर्तित कांग्रेसबारे आम मतदातालाई बुझाउन तथा विश्वासको वातावरण बताउन कार्यकर्तालाई उनको आग्रह छ ।