global ime bank Long Banner Ad

गृहपृष्ठ महिलालाई फोटो पत्रकारिता तालिम

महिलालाई फोटो पत्रकारिता तालिम

सञ्चारिका समूहको संयोजन तथा तुलसीपुर उपमहानगरपालिकाको आयोजनामा आजदेखि यहाँ महिलाहरुका लागि चारदिने फोटो पत्रकारिता तालिम सुरु भएको छ ।

तालिमको उद्घाटन गर्दै नगर उपप्रमुख स्यानी चौधरीले पत्रकारिता समाज परिवर्तनको महत्वपूर्ण माध्यम हो भनिन ।

दाङस्थित राष्ट्रिय समाचार समितिकी प्रमुख नारायणी रजौरेले महिलाहरुले फोटो पत्रकारिताका माध्यमबाट आवाज र सामाजिक विषय सशक्त ढङ्गले उठाउनुपर्नेमा जोड दिइन ।

तालिममा तुलसीपुर उपमहानगरपालिकाका १९ र तुलसीपुरलाई कार्यक्षेत्र बनाएर क्रियाशील ११ जना पत्रकार महिलागरी ३०जना सहभागी छन् ।

प्रकाशित समय : १७:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु