global ime bank Long Banner Ad

गृहपृष्ठ गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे

गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे

गृहमन्त्रीले गरे भक्तपुरको दुईवटा निर्वाचन कार्यालयको निरीक्षण, सुधार गृह पनि पुगे

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरमा रहेको दुई वटा मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर त्यहाँको वस्तुस्थिति जानकारी लिएका छन् ।

त्यस अवसरमा गृहमन्त्री अर्यालले भक्तपुरको निर्वाचन केन्द्रित सुरक्षा अवस्था र निर्वाचनको तयारीबारे मुख्य निर्वाचन अधिकृतहरूसँग छलफल गरेका थिए ।

छलफलमा मन्त्री अर्यालले आसन्न निर्वाचन स्वच्छ, निष्पक्ष र स्वतन्त्र ढङ्गले सम्पन्न गर्न प्रमुख निर्वाचन अधिकृतको ठुलो भूमिका रहने हुँदा त्यसतर्फ ध्यान दिएर सेवा प्रवाहमा लाग्न निर्देशन दिए ।

यस्तै, आजै, गृहमन्त्री अर्यालले भक्तपुरको मध्यपुरथिमि–२ सानोठिमीस्थित बाल सुधार गृहको स्थलगत अनुगमन समेत गरेका छन् । माघ ८ गतेको मध्य राति सुधार गृहमा भएको आगजनी र ढुङ्गा मुडा पश्चात् गृहमन्त्रीले आइतबार सुधार गृहको वस्तुस्थिति बुझेका हुन् ।

प्रकाशित समय : १७:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु