गृहपृष्ठ बालबालिकालाई न्याना कपडा वितरण
बालबालिकालाई न्याना कपडा वितरण
CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82
स्थानीय समाजसेवी निशान लिम्बूले यहाँको आधारभूत विद्यालयका ६० जना बालबालिकालाई स्वेटर लगायत न्याना कपडा वितरण गरेका छन ।
फक्ताङ्लुङ गाउँपालिका–३ निवासी उनले आज विद्यालयमा सङ्क्षिप्त कार्यक्रम गरेर उनीहरूलाई न्याना कपडा वितरण गरेका हुन ।
त्यस अवसरमा समाजसेवी लिम्बूले आफ्नो गच्छेअनुसार सामाजिक उत्तरदायित्व निर्वाह गर्नु हरेक नागरिकको कर्तव्य भएको बताउँदै उनले बालबालिकालाई सानो सहयोग गरेको उल्लेख गरे ।
प्रकाशित समय : १७:०८ बजे



















