global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद

किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद

किसानलाई बाँदरको चिन्ता, समात्नेलाई एक हजार नगद

रामेछाप । मानव बस्ती पातलिँदै र जङ्गल क्षेत्र बढ्दै जाँदा गाउँघरमा बस्ने मानिसहरूलाई सबैभन्दा बढी चिन्ता बाँदर नियन्त्रणको भएको छ ।

गाउँमा लगाएको बाली बाँदरले नष्ट पार्न लागेपछि धेरै गाउँका स्थानीयले बाली नै लगाउन छाडेका छन् । बाली लगाउने किसानलाई यतिबेला सबैभन्दा बढी चिन्ता कसरी बाली जोगाउने भन्ने छ ।

बाँदरले बाली लगाएर खान नदिएपछि रामेछापको मन्थली नगरपालिका–८ चिसापानीमा बाँदर नियन्त्रण गर्ने समिति नै बनेको छ । वडा कार्यालयको अगुवाइमा बाँदर नियन्त्रण गर्ने समिति बनाइएको वडाध्यक्ष गोपाल श्रेष्ठले बताए ।

यदि बाँदर नियन्त्रण र व्यवस्थापन गर्न नसक्ने हो भने देशका ग्रामीण भेगमा मानिसहरू बस्नै नसक्ने अवस्था बनेको श्रेष्ठले बताए । चिसापानीका सबै किसानहरूको भेला बोलाएर बाँदर व्यवस्थापन र नियन्त्रण समिति बनाइएको श्रेष्ठले जानकारी दिए ।

कृषिको लागि सरकाले सहयोग गरेको भएपनि किसानले बाली लगाएर खान नसक्ने अवस्था भएको उनले बताए । त्यसैले यसको लागि सबैको सहकार्य आवश्यक रहेको उनले बताए ।

बाँदर समाते बापत वडाले बाँदर समात्नेलाई प्रति बाँदर एक हजार रुपैँया वडाले दिने गरेको पनि उनले जानकारी दिए । बाँदर समातेर रङ्ग लगाएर छाड्ने लगायतका कार्यक्रम सञ्चालन गर्न लागिएको उनले बताए ।

बढ्दो जंगलको कारण बाँदर नियन्त्रणमा निक्कै असहज भएको स्थानीयको भनाइ छ । ‘बाँदर रुखको टुप्पामा पुग्छ, बूढाबूढीले त धपाउनै सकिँदैन’, स्थानीयले भने ।
त्यसलाई नियन्त्रण गर्न बारी काल्नाका रुखहरू काँटछाँट गर्ने कार्यक्रम समेत सो वडाले अघि सारेको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए ।

‘बारी काल्नाहरु नै जङ्गल जस्ता भइसके, त्यसैले बाँदर त्यहीँ बस्न लागे, यसलाई निमन्त्रण गर्न हामीले बारी काल्नाका रुख पात काँटछाँट र पतल्याउने कार्यक्रम पनि अघि सारेका छौँ’, श्रेष्ठले भने ।

प्रकाशित समय : १२:५७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु