गृहपृष्ठ प्रजातान्त्रिक योद्धा राईको शालिक अनावरण
प्रजातान्त्रिक योद्धा राईको शालिक अनावरण
टक्सार । प्रजातान्त्रिक योद्धा दिवानसिंह राईको शालिक अनावरण गरिएको छ । नेपाली कांग्रेस भोजपुरको बिपी स्मृति भवन परिसरमा स्थापना गरिएको उक्त शालिकको आज दिवानसिंहकी छोरी एवं पूर्वसभासद कुमारी लक्ष्मी राईले अनावरण गरेको हो ।
भोजपुरको तत्कालिन छिनामखु गाविसमा १९८१ सालमा जन्मिनुभएका दिवानसिंह २०१५ सालमा बिपी कोइरालाको प्रधानमन्त्रीत्वमा बनेको सरकारमा गृहराज्यमन्त्री समेत भएको थियो । मुलुकमा पञ्चायती व्यवस्था सुरु भएसँगै २०१७ पुस १ गतेपछि निरन्तर आठ वर्ष बिपी, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, रामनारायण मिश्र तथा योगेन्द्रमान शेरचनहरूसँगै सुन्दरीजल जेलमा बसे थियो ।
जेलपश्चात् उनले शिक्षा र सामाजिक अभियानसँगै राजनीतिक आन्दोलनमा सक्रिय भएको छोरी कुमारी लक्ष्मीले बताए । राई साहित्यकार समेत थिए । उनका ‘निर्दोष हत्या’ र ‘रिकुटे’लगायत कृति प्रकाशित छन् । प्रजातान्त्रिक आन्दोलनका योद्धा राईको २०२९ भदौ २ गते कुमकुम झोडामा हत्या गरिएको थियो ।
प्रकाशित समय : १६:३६ बजे




















