global ime bank Long Banner Ad

गृहपृष्ठ सभापति थापा सर्लाहीबाट काठमाडौं फर्किए

सभापति थापा सर्लाहीबाट काठमाडौं फर्किए

सभापति थापा सर्लाहीबाट काठमाडौं फर्किए

नेपाली कांग्रेसका सभापति गगन थापा काठमाडौं फर्किएका छन् ।

आफ्नो निर्वाचन क्षेत्र सर्लाही–४ मा पाँच दिनसम्म नेता, कार्यकर्ता तथा मतदातासँग प्रत्यक्ष भेटघाट गरी उनी आज काठमाडौं फर्किएका हुन् ।

१२ माघमा सर्लाही आइपुगेका सभापति थापा निर्वाचन क्षेत्रभित्र घरदैलो, छलफल र संवाद कार्यक्रममा सहभागी भए । पार्टीले भावी प्रधानमन्त्रीका रूपमा समेत अघि सारेका सभापति थापालाई सर्लाही आगमनका क्रममा पार्टी नेता–कार्यकर्ताले भव्य स्वागत गरेका थिए ।

पाँच दिनको बसाइमा उनी पार्टी संगठन सुदृढीकरणसँगै स्थानीय जनताका समस्या र अपेक्षा सुन्ने काममा केन्द्रित थिए । पार्टी कार्यकर्तासँगको भेटघाटमा सभापति थापाले सर्लाही–४ को विकास र समृद्धिका लागि आफूले सक्दो भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।

उनले जनतासँग निरन्तर सम्पर्कमा रहन र गुनासो तथा मागलाई प्रभावकारी रूपमा सम्बोधन गर्न सर्लाही र काठमाडौं दुवै स्थानमा सम्पर्क कार्यालय खोल्ने घोषणा समेत गरे ।

प्रकाशित समय : २०:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु