global ime bank Long Banner Ad

गृहपृष्ठ भ्याली पब्लिक छात्रा बास्केटबल च्याम्पियन

भ्याली पब्लिक छात्रा बास्केटबल च्याम्पियन

भ्याली पब्लिक छात्रा बास्केटबल च्याम्पियन

भ्याली पब्लिकले पाँचौं केभीकेएसएस छात्रा अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि जितेको छ ।

आयोजक काठमाडौं विद्याकुञ्ज सेकेन्डरी स्कुल (केभीकेएसएस) मा भएको फाइनलमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (ईबीए) लाई २१–१९ को झिनो अन्तरले हरायो ।

भ्याली पब्लिककी दृश्य गुरुङले ७ स्कोर गरिन् । केभीकेएसएस ‘ए’ ले ल्यान्डमार्क एकेडेमीलाई २८–२० ले हराएर तेस्रो भयो ।

केभीकेएसएस ‘ए’ की खुशी मिटोकले १३ स्कोर जोडिन् । भ्यालीकी सेलिना गुरुङ मोस्ट भ्यालुएबल प्लेयर, ईबीएकी सन्जिला मगर उत्कृष्ट थ्री प्वाइन्टर र केभीकेएसएस ‘ए’ की एनी श्रेष्ठ सर्वाधिक स्कोरकर्ता बने ।

काठमाडौं युरो स्कुलले अनुशासित टिमको उपाधि हात पार्दा ल्यान्डमार्क एकेडेमी उदीयमान टिम घोषित भयो ।

विजेतालाई केभीकेएसएसकी प्रिन्सिपल नित्या श्रेष्ठलगायतले पुरस्कृत गरे । राष्ट्रिय बास्केटबल खेलाडीद्वय रोशनी श्रेष्ठ र सोनी गुरुङ तथा सिनियर बास्केटबल प्रशिक्षक पूर्ण न्यौपानेलाई सम्मान गरिएको थियो ।

प्रकाशित समय : १९:५३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु