global ime bank Long Banner Ad

गृहपृष्ठ चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक : ट्रम्प

चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक : ट्रम्प

चीनसँग सम्झौता गर्नु बेलायतका लागि धेरै खतरनाक : ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँग सम्झौता गर्नु बेलायतका लागि ‘धेरै खतरनाक’ हुने टिप्पणी गरेका छन्। बेलायती प्रधानमन्त्री किएर स्टार्मर चीन भ्रमणमा रहेका बेला ट्रम्पले उक्त चेतावनी दिएका हुन्।

बेलायत र चीनबीच व्यापार र लगानी प्रवर्द्धन गर्ने लक्ष्यसहित विभिन्न सम्झौताहरू भएका छन्। बेलायतीहरूलाई निश्चित समयका लागि चीन भ्रमण गर्दा भिसा पनि नपर्ने सम्झौतहरू भएको एजेन्सीहरूले उल्लेख गरेका छन्।

फर्स्ट लेडी मेलानिया ट्रम्पमाथि बनेको एक डकुमेन्ट्रीको प्रिमियर कार्यक्रममा ट्रम्पसँग बेलायतले चीनसँग व्यापारिक सम्बन्ध विस्तार गर्न लागेको विषयमा प्रश्न गरेका थिए। ‘यो उनीहरू (बेलायत)का लागि धेरै खतरनाक छ,’ उनले भनेका थिए।

प्रकाशित समय : १९:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु