global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र प्रहरी सुरक्षाकर्मीले आज प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथमा थुप्रिएको हिउँ पन्छाएका छन् ।

सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिरमा थुप्रिएको हिउँ पन्छ्याएको हो । मङ्गलबार रातिको भारी हिमपातले वारागुङ मुक्ति क्षेत्र–१ स्थित मन्दिर परिसर बाक्लो हिउँले सेताम्मे भएको थियो ।

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने रेलिङसहितको सिँढी बाटोमा पूरै हिउँ जमेका कारण मुक्तिनाथका दर्शनार्थीहरूलाई निकै असहज पु¥याएको थियो । मुक्तिनाथ मन्दिरमा बाक्लो हिउँ जमेर बसेको र यसले दर्शनार्थीको दर्शन र स्नान गर्ने कार्यमा बाधा पुगेकाले सशस्त्र प्रहरीले मुक्तिनाथमा पुगेर हिउँ पन्छ्याइएको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरीले जानकारी दिए ।

भारी हिमपातका कारण मुक्तिनाथ मन्दिर र मन्दिरसम्म जाने सिँढी बाटोमा दुई फिटसम्म हिउँ जमेर बसेकाले सशस्त्र प्रहरीको टोली खटिएर मुक्तिनाथको हिउँ सफा गरेको मुक्तिनाथ विकास समितिका व्यवस्थापक दिनेश भुसालले जानकारी दिए । मुक्तिनाथ जाने सडक र मन्दिर परिसरमा बाक्लो हिउँ थुप्रिएर बस्दा दर्शनार्थीहरू चिप्लिएरु लड्ने र दुर्घटना हुने जोखिम रहेकोमा सशस्त्र प्रहरी टोली हिउँ पन्छ्याएपछि मुक्तिनाथ दर्शनार्थीहरूलाई निकै सहज तुल्याएको व्यवस्थापक भुसालले बताए ।

सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिर जाने रेलिङ मार्ग, मन्दिर परिसर, स्नानकुण्ड र १०८ धारालगायत स्थानमा जमेको हिउँ पन्छ्याएको हो । यसअघि भारी हिमपातका कारण अवरुद्ध बनेको कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याइपछि शुक्रबार बिहानदेखि यातायात आवागमन सञ्चालनमा आएको छ । अवरुद्ध मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन कोरला सडक आयोजनाको डोजर परिचालित गरी जिल्ला सुरक्षा समिति र स्थानीय जनप्रतिनिधिहरू मिलेर अवरुद्ध सडक सञ्चालनमा ल्याइएको हो ।

प्रकाशित समय : १८:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु