गृहपृष्ठ किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
किशोरी बलात्कारको आरोपमा १ जना पक्राउ
बाँकेमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बैजनाथ गाउँपालिका ६ एच गाउँ बस्ने खजुरा गाउँपालिका ७ घर भएका ३० वर्षीय अंगतराम अहिर छन् । उनलाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
अंगतरामले किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित समय : २०:२२ बजे





















