global ime bank Long Banner Ad
Global IME
nmb bank

गृहपृष्ठ आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन

आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन

आजदेखि कोशी प्रदेश स्तरीय ब्याटमिन्टन

बेलबारी । मोरङको बेलबारी नगरपालिकामा आजदेखि ‘बलबहादुर मगर स्मृति’ कोशी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । बेलबारी–११ लक्ष्मीमार्गस्थित कभर्डहलमा सुरु भएको उक्त प्रतियोगितामा प्रदेशका १४ वटै जिल्लाका एक सय ८ टोलीको सहभागिता रहेको छ ।

डाँगीहाट ब्याटमिन्टन क्लबको आयोजनामा सुरु भएको उक्त प्रतियोगिता यही माघ १७  गतेसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष हरिकुमार पाण्डेले बताए । प्रतियोगीताको बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले आज एक समारोशबीच उद्घाटन गरे ।

प्रतियोगितामा पुरुष तथा महिलातर्फ पाँच बिधामा खेलाडीबीच प्रतिस्पर्धा हुनेछ । सबै विधाका विजेताले नगद पुरस्कार पाउनेछन् ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु