गृहपृष्ठ ओएन बायोटेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
ओएन बायोटेकले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल नियुक्त
ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडले सर्वसाधारणमा आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल नियुक्त भएको छ। बिक्री प्रबन्धक नियुक्ति सम्झौतामा ओएन बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको तर्फबाट सञ्चालक अध्यक्ष चुन्न प्रसाद शर्मा र ग्लोबल आइएमई क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दिप लुईटेलले हस्ताक्षर गरेका हुन् ।
कम्पनीले प्रतिसेयर अंकित मूल्य १०० दरको ३० लाख कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो ।
वि.सं.२०७६ साल पौष महिना २ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई सञ्चालनमा आएको ओ.एन.बायोटेक एण्ड रिसर्च पब्लिक लिमिटेडको केन्द्रीय कार्यालय तिलोत्तमा १६ मा रहेको छ भने उद्योग क्षेत्र रुपन्देहीको तिलोत्तमा १६, १७ एवम् रुपन्देहीको शुद्धोधन १ मा रहेको छ ।
प्रकाशित समय : १०:५७ बजे
















