गृहपृष्ठ जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
जबर्जस्ती करणी गरेको अभियोगमा पक्राउ
दाङको घोराही उपमहानगरपालिकाका एक युवालाई जबर्जस्ती करणीको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
२१ वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा घोराही-४ का २२ वर्षीय मधुसुदन भुसाललाई प्रहरीले मंगलबार साँझ पक्राउ गरेको हो ।
भुसालले ती महिलालाई जबर्जस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रकाशित समय : १६:३० बजे
















