global ime bank Long Banner Ad

गृहपृष्ठ सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेशस्तरीय तालिम सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेशस्तरीय तालिम सम्पन्न

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी प्रदेशस्तरीय तालिम सम्पन्न

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले सम्पत्ति शुद्धीकरण निवारण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी प्रतिबन्ध सम्बन्धी कर्णाली र सुदुर पश्चिम प्रदेशस्तरीय तालिम कैलालीको धनगढीमा आयोजना गरेको छ । उक्त तालिममा नेपाल बीमा प्राधिकरणका उप – निर्देशक पदम प्रसाद सोडारीले विज्ञ स्रोत व्यक्तिका रुपमा तालिम दिएका थिए ।

कम्पनीको सो प्रदेशमा रहेका सवै शाखाका कर्मचारीहरुलाई सहभागिता गराइएको सो तालिममा नायब महाप्रवन्धक नवराज पराजुली, विभागिय प्रमुख सुर्दशन आचार्यले आवश्यकता र महत्वको वारेमा जानकारी गराएका थिए ।

बीमा क्षेत्रमा हुन सक्ने सम्भावित जोखिमको पहिचान एवम् रोकथाम र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानून, प्राधिकरणबाट जारी निर्देशिका एवम निर्देशनहरू, लगायतका विषयमा सहभागीहरूलाई जानकारी दिइएको थियो ।

प्रकाशित समय : १५:५१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु