काठमाण्डु– प्रधानमन्त्री बालेन शाह (बालेन) ले आफू कालो चश्मा लगाएरै प्रतिनिधिसभा बैठकमा उपस्थित हुने...

पुरा पढ्नुहाेस्

दबाबपूर्ण खेलमा नेपालले पायो १४१ रनको चुनौतीपूर्ण लक्ष्य

1.13K
shares

काठमाडौं । आईसीसी महिला टी २० विश्वकप ग्लोबल क्वालिफायरमा स्कटल्यान्डले नेपाललाई १४१ रनको लक्ष्य दिएको छ । सुपर सिक्समा पुग्न जित्नैपर्ने दबाबपूर्ण खेलमा नेपालले चुनौतीपूर्ण लक्ष्य पाएको हो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा स्कटल्यान्ड २० ओभरमा १४० रन बनाउँदा अलआउट भयो । स्कटल्यान्डका लागि प्रियानाज च्याटर्जी ४५ रनमा अविजित रहिन् । उनले २८ बलमा ७ चौका प्रहार गरिन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा १७ रन खर्चेर ४ विकेट लिइन् । रुबिना क्षेत्रीले ४ ओभरमा २३ रन खर्चेर ३ विकेट लिइन् । रिया शर्मा, सीता रानामगर र कविता जोशीले भने १–१ विकेट लिए ।

टस जितेर नेपालले बलिङ रोजेको हो । यो खेलमा पराजित भए नेपालको यात्रा समूह चरणबाटै सकिनेछ ।